सर्लाही । सीमाक्षेत्रमा हुने चोरी, तस्करी तथा अवैध गतिविधि नियन्त्रण गर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरीका केही अधिकारीमाथि नै तस्करसँग आर्थिक लेनदेन गरी अवैध कारोबारलाई प्रश्रय दिएको आरोप लागेको छ । जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रमा रहेका सशस्त्र प्रहरीका पोस्टमा कार्यरत अधिकारीहरूको कार्यशैलीलाई लिएर स्थानीयस्तरमा प्रश्न उठ्न थालेको छ ।
सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी ) सुन्दरपुर चौहर्वाका इन्स्पेक्टर डबल ऐडी तस्करीमा संलग्न व्यक्तिहरूसँग कथित रूपमा ‘महिनावारी’ रकम असुली गर्ने आरोपमा विवादमा तानिएका छन् । रकम बुझाएर काम सुरु गरेको भनिएकै पक्षको सामान पुनः नियन्त्रणमा लिएपछि विवाद बाहिर आएको हो ।
नाम गोप्य राख्ने सर्तमा परिवर्तित नाम ‘सुनिता’ले नेपाल फेसलाई टेलिफोनमार्फत् यसबारे जानकारी गराएकी छन् । उनका अनुसार केही दिनअघि आफूले ‘लाइन’ बापतको रकम बुझाएर सामान ओसारपसारको काम सुरु गरेकी थिइन् । तर, महिना दिनसमेत नबित्दै सामान पुनः नियन्त्रणमा लिएपछि विवाद उत्पन्न भएको उनले बताएकी छन् ।
सुनिताको दाबीअनुसार, रकम बुझाएर काम सुरु गरेको केही दिनमै सामान नियन्त्रणमा लिइएपछि आफूले बुझाएको रकम र त्यसको औचित्यमाथि प्रश्न उठेको हो । उनले यस घटनालाई लिएर सम्बन्धित सुरक्षाकर्मीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेकी छन् ।
यता, बीओपी त्रिभुवननगरमा कार्यरत सशस्त्र प्रहरीका सई रामएकबाल यादवमाथि पनि स्थानीयले गम्भीर आरोप लगाएका छन् । बिओपीका इन्स्पेक्टर बिदामा गएको समयमा सई यादवले लागुऔषध कारोबारीदेखि विभिन्न तस्करसम्मबाट रकम उठाएर तस्करीका गतिविधिलाई सहज बनाएको स्थानीयको आरोप छ ।
स्थानीयले इन्स्पेक्टर बिदामा गएको समय सई यादवलाई ‘दशैं नै लागेको’ टिप्पणी गर्दै उनीमाथि आर्थिक लेनदेनमार्फत अवैध कारोबारलाई प्रश्रय दिएको आरोप लगाएका छन् ।
सीमाक्षेत्रमा तस्करी नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मीमाथि नै यस किसिमका आरोप सार्वजनिक हुनुले सुरक्षा निकायको कार्यशैली, निगरानी र जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको छ । यदि आरोपअनुसार सुरक्षाकर्मी र तस्करबीच आर्थिक लेनदेन हुने गरेको हो भने त्यसको निष्पक्ष छानबिन आवश्यक देखिन्छ ।
यस विषयमा बीओपी सुन्दरपुर चौहर्वाका इन्स्पेक्टर डबल ऐडीसँग प्रतिक्रिया लिनका लागि सम्पर्क गर्ने प्रयास गर्दा सम्पर्क हुन सकेन । सई राम एकबाल यादवमाथि लागेको आरोपबारे उनीसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।
सम्बन्धित सशस्त्र प्रहरी निकायले यी आरोपहरूको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने देखिन्छ । सीमाक्षेत्रमा तस्करी नियन्त्रणको नाममा कुनै पनि किसिमको आर्थिक चलखेल भएको भए त्यसमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याउनु आवश्यक छ । सम्बन्धित पक्षको प्रतिक्रिया प्राप्त भएमा समाचारमा समेटिनेछ ।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको मूल्य प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटाएर २ लाख ७१ हजार ७ सय रुपैयाँ तोकेको छ। सोमबार...
काठमाडौँ । नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाले आज (शुक्रबार) एक सूचना जारी गर्दै प्राडरप्राविधिकरहवाई विविध सेवा तर्फका अधिकृत पदहरूमा...
जनकपृुर । दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि सुरु हुँदै गरेको छठ पर्वका अवसरमा महोत्तरीसहित मिथिला क्षेत्रका गाउँ बस्ती र बजारमा चहलपहल...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend