काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(नेपाल)का अध्यक्ष कमल थापाले डोल्मा इम्प्याक्ट फन्डलाई कर छुट दिने सरकारको निर्णय गलत र राष्ट्रहित विपरीत भएको बताएका छन् ।
२०८२ कात्तिक १३२ गते बसेको मन्त्रिपपरिषद बैठकले डोल्मा कम्पनीलाई २९ करोड ४४ लाख ६६ हजार ७ सय रुपैयाँ पुँजीगत लाभकर छुट दिने निर्णय गरेपछि जेनजी आन्दोलनपछि बनेको सरकार र अर्थमन्त्री रामेश्वर खनालसमेत विवादमा आएका छन् ।
विगतका सरकारले समेत आँट नगरेको करछुट दिने निर्णय सुशासनका लागि स्थापना गरिएको सरकारले गरेकोमा थापाले आश्चर्य प्रकट गरेका छन् ।
थापाले लेखेका छन्–‘डोल्मा इम्प्याक्ट फन्डलाई कर छुट दिने सरकारको निर्णय गलत र राष्ट्रहितविपरीत छ । विगतमा भ्रष्ट भनिएको सरकारले समेत आँट नगरेको करछुटको निर्णय भ्रष्टाचार र कुशासन अन्त्यको जनादेशमा बनेको वर्तमान सरकारले किन गर्यो आश्चर्यजनक छ ।
करिब चार महिना अवधि बाँकी रहेको चुनावी सरकारले यस्तो दीर्घकालीन महत्व राख्ने र देशलाई झन्डै १५ अरब नोक्सानी र्पुयाउने निर्णय किन र्गयो यो अनुसन्धानको विषय हो । निर्णय फिर्ता हुनुपर्छ । जेन्जी अभियन्ताको ध्यान जाओस् ।’
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend