काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(नेपाल)का अध्यक्ष कमल थापाले डोल्मा इम्प्याक्ट फन्डलाई कर छुट दिने सरकारको निर्णय गलत र राष्ट्रहित विपरीत भएको बताएका छन् ।
२०८२ कात्तिक १३२ गते बसेको मन्त्रिपपरिषद बैठकले डोल्मा कम्पनीलाई २९ करोड ४४ लाख ६६ हजार ७ सय रुपैयाँ पुँजीगत लाभकर छुट दिने निर्णय गरेपछि जेनजी आन्दोलनपछि बनेको सरकार र अर्थमन्त्री रामेश्वर खनालसमेत विवादमा आएका छन् ।
विगतका सरकारले समेत आँट नगरेको करछुट दिने निर्णय सुशासनका लागि स्थापना गरिएको सरकारले गरेकोमा थापाले आश्चर्य प्रकट गरेका छन् ।
थापाले लेखेका छन्–‘डोल्मा इम्प्याक्ट फन्डलाई कर छुट दिने सरकारको निर्णय गलत र राष्ट्रहितविपरीत छ । विगतमा भ्रष्ट भनिएको सरकारले समेत आँट नगरेको करछुटको निर्णय भ्रष्टाचार र कुशासन अन्त्यको जनादेशमा बनेको वर्तमान सरकारले किन गर्यो आश्चर्यजनक छ ।
करिब चार महिना अवधि बाँकी रहेको चुनावी सरकारले यस्तो दीर्घकालीन महत्व राख्ने र देशलाई झन्डै १५ अरब नोक्सानी र्पुयाउने निर्णय किन र्गयो यो अनुसन्धानको विषय हो । निर्णय फिर्ता हुनुपर्छ । जेन्जी अभियन्ताको ध्यान जाओस् ।’
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend