Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज सुन-चाँदीको मूल्य स्थिर


    शुक्रबार, असोज १९ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार स्थानीय बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलाको एक लाख सात हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    अघिल्लो दिन बिहीबार पनि छापावाल सुन प्रतितोला एक लाख सात हजार ३०० रुपैयाँमा नै कारोबार भएको थियो ।

    यसतै तेजाबी सुन प्रतितोला एक लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि तेजाबी सुन यही मूल्यमा करोबार भएको थियो ।

    चाँदीको मूल्य भने चार दिनदेखि नै स्थिर छ । चाँदी तोलाको एक हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार