काठमाडौं । आज बुधबार सेयर बजारमा एकल अंकको वृद्धि भएको छ । साताको चौथो कारोबार दिन आज बजार परिसूचक नेप्से ९.२४ अंकले वृद्धि हुँदा १९६७.९४ को विन्दुमा बन्द भएको हो ।
मंगलबार १७.५६ अंकले गिरावट भएर १९५८.७२ को विन्दुमा बन्द भएको नेप्से बुधबार ०.४७ प्रतिशतले वृद्धि भएको हो ।
बुधबार बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा भने ०.०७ प्रतिशतको समान्य गिरावट भएको छ । अन्य सबै उपसूचकमा वृद्धि हुादा नेप्से पनि बढेको हो । होटल तथा पर्यटन उपसूचक १.५२ प्रतिशत र हाइड्रोपावर उपसूचक १.३७ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक पनि १.०४ प्रतिशतले बढेको छ ।
नेप्सेमा वृद्धि भएपनि कारोबार रकममा भने खासै उत्साह देखिएन । मंगलबार नेप्सेमा गिरावटका बाबजुत पनि १ अर्ब १९ करोड ९१ लाखको कारोबार भएको थियो । बुधबार कारोबार रकम थप घटेर १ अर्ब १८ करोड ९९ लाखको कारोबार भएको छ । ५८ हजार ७४१ वटा कारोबारमा ४३ लाख २३ हजार २१ कित्ता सूचीकृत धितोपत्र किनबेच भएको छ ।
बुधबार सिटिजन्स लाइफको सर्वाधिक ६ करोड ९४ लाखको कारोबार हुँदा रियालयबल लाइफ इन्स्योरेन्सको ४ करोड ३१ लाख र शिवम् सिमेन्टको ३ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बुधबार नेप्सेमा कुल २३२ सुचिकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १७४ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ५२ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । ६ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।
यस्तै बुधबार कारोबार भएकामध्ये मध्ये भोटेकोशी जलविद्युत् कम्पनीको सेयरमूल्य १० प्रतिशतले र बुद्धभुमी हाइड्रोपावरको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै इन्फीनीटी लघुवित्तको सेयरमूल्य पनि ९.८५ प्रतिशतले बढेको हो ।
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको...
काठमाडौं । सिङ्गो देश प्राकृतिक विपत्तिको मारमा परेको बेलामा खाना पकाउने एलपी ग्याँसमा सरकारले मूल्यबृद्धि गरेको छ । विगत २ महिनादेखि ग्याँस सहज आपूर्ति...
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय निरन्तर बढेर उच्च मूल्य तिर लागेको सुनको भाउ ओरालो लाग्न थालेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ हजार...
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार...
काठमाडौँ। बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले घोषणा गरेको १ करोड सहयोग आज नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend