Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज पनि घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?


    मंगलबार, असोज १६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज साताको तेस्रो कारोबार दिन मंगलबार पनि स्थानिय बजारमा सुन र चाँदीको मूल्य घटेको छ ।

    लगातार आठौं दिन घट्दा छापावाल सुनको मूल्य एक लाख ६ हजार ६ सय रुपैयाँमा आइपुगेको छ ।

    मंगलबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ । सोमबार एक लाख ७ हजार ९ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो ।

    यस्तै,आज तेजावी सुनको मूल्य एक लाख ६ हजार ७ सय र चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर १३ सय १० रुपैयाँले कायम भएको छ । हिजो एक लाख ७ हजार ४ सय रुपैयाँमा तेजावी सुन र १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार