Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको मूल्य दुई दिनमै २२ सय रुपैयाँले घट्यो


    शुक्रबार, असोज १२ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्य दुई दिनमा २२ सय रुपैयाँले घटेको छ ।

    अघिल्लो दिन बुधबार मात्रै प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य दुई दिनमा २२ सय रुपैयाँले घटेर शुक्रबार १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

    शुक्रबार बजारमा छापावाल सुन प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबारका दिन बिहिबार तोजाबि सुनको कारोबार प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा भएको थियो ।

    त्यसैगरी आज बजारमा चाँदीको मुल्य तोलामा २५ रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार