Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • सुनको मूल्य तोलामै ८०० रुपैयाँले घटेपछि…


    बुधबार, असोज १० २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  •  

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। यसदिन सुनको मूल्य प्रतितोलामा ८०० रुपैयाँले घटेर कारोबार भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको छ ।

    मंगलबार सुन प्रतितोला एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।

    चाँदी प्रतितोला एक हजार ३८५ रुपैयाँमा कारोबार भएको छ । चाँदी मंगलबारको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेर कारोबार भएको हो । मंगलबार चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार