Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कतिमा हुदैँछ आज सुन-चाँदीको कारोबार ?


    शुक्रबार, असोज ५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। आज साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ घटेको छ।

    आज सुनको भाउ तोलामा ४०० रुपैयाँले ओरालो लागेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    हिजो बिहीबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन पनि प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो।

    आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो।

    पछिल्लो ३ दिनदेखि सुनको भाउ लगातार घटिरहेको छ भने चाँदी २ दिनदेखि महँगिदै गएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार