Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज ४४ अंकले बढ्यो सेयर बजार


    बिहिबार, असोज ४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। आज साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ। यसदिन नेप्से बढेसँगै कारोबार रकम उच्च वृद्धि भएको छ।

    नेप्से परिसूचक ४४.३४ अंकले बढेर २०२९.७८ विन्दुमा पुग्दा ३ अर्बमाथिको सेयर कारोबार भएको छ। आज २७८ कम्पनीको १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता सेयर ३ अर्ब २९ करोड ३९ लाख २१ हजार ३६८ रुपैयाँमा खरिदबिक्री भएको हो।

    दोहोरो अंकले बढेको सेयर बजारमा करिब १० कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कारोबार रकमका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको २० करोड बढि मूल्यको कारोबार भयो।

    रिलायबल नेपाल लाइफको १३ करोड र शिवम् सिमेन्टको १० करोड बढी मूल्यको सेयर कारोबार भयो। कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन्। हाइड्रोपावर उपसमूहको सूचक सर्वाधिक ५.३१ प्रतिशतले बढेको छ।

    फाइनान्स उपसमूहको ४ प्रतिशत र डेभलपमेन्ट बैंककको ३ प्रतिशत बढीले मूल्य उकालो लागेको हो। आज २१७ कम्पनीको मूल्य बढ्दा ११ को मूल्य घटेको छ। २ कम्पनीको मूल्य भने स्थिर रह्यो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार