काठमाडौं । काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको हत्या प्रकरणका पछाडि दाजुभाइको झगडा हुन सक्ने अनुमान गरिएको छ । सःमिलमा चारजनाको बीभत्स हत्या भएको घटनालाई लिएर प्रहरीबाट गरिएको प्रारम्भिक अनुमानअनुसार कपडा र जुत्तामा रगत लतपतिएको अवस्थामा प्रहरी कार्यालयमा पुगेका दीपेन्द्र राई नै सो घटनामा संलग्न हुन सक्छन् ।
घटनापछि दीपेन्द्र ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी कार्यालय पुगेका थिए । सःमिलमा काम गर्ने मोरङ बेलबारीका अन्दाजी २० वर्षका नवीन राईलाई दीपेन्द्रले कुटपिट गरेपछि छुट्याउने क्रममा त्यहीँ कार्यरत दोलखाका ५६ वर्षका कुमार भुजेल, उनकी पत्नी ५२ वर्षीया अम्बिका भुजेल र आमा ७६ वर्षीया सुभद्रा भुजेलले अनाहकमा ज्यान गुमाएको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि घटनाबारे अनुसन्धान जारी रहेकाले सत्यतथ्य बाहिर आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।
प्रहरीले दिएको जानकारीअनुसार नवीन राई र दीपेन्द्र राई नातामा दाजुभाइ हुन् । नवीन दीपेन्द्रका ठुला बुवा पर्नेका छोरा हुन् । नवीनका बुबाले पनि सो मिलमा लामो समय काम गरेका थिए । बुबाकै कारण नवीन त्यहाँ काम गर्न आइपुगेका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखसमेत रहेका एसएसपी सोमेन्द्रसिंह राठौरले घटनाबारे अनुसन्धान चलिरहेको बताउँदै अहिलेसम्म कुनै प्रगति नभएको जानकारी दिए । ‘हामी अनुसन्धान गरिरहेका छौं, केही आशंकित मानिसलाई ल्याएर सोधपुछ गरिरहेका छौं,’ उनले भने । प्रहरीले शनिबार दिनभरिमा करिब १०र१२ जनालाई बोलाएर सोधपुछ गरेको थियो । घटनाको अनुसन्धान गर्ने जिम्मा उपत्यका अपराध अनुसन्धान कार्यालयले पाएको छ ।
शुक्रबार दिनभर साथीहरूसँग स्नुकर खेलेका दीपेन्द्र साँझ ८ बजेतिर मिलमा रहेका दीपेन्द्रको कोठामा पुगेका थिए । ‘तीनकुनेकै एउटा स्नुकर हाउसमा दीपेन्द्रले दिनभर साथीहरूसँग स्नुकर खेलेका रहेछन्,’ प्रहरी स्रोतले भन्यो । साँझ मिलमै रहेको नवीनको कोठामा पुग्दा उनी नशाले मात्तिएको अवस्थामा थिए । त्यहीबेला उनीहरूबीच झगडा परेको र उनीहरूको झगडा छुट्याउन आउँदा भुजेल दम्पतीमाथि आक्रमण भएको हुन सक्ने प्रहरीको आशंका छ । दीपेन्द्रसँगै अरू साथीहरू पनि भएकाले प्रहरीले उनीहरूको खोजी गरिरहेको छ । यो समाचार नागरिक दैनिकमा छ ।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend