काठमाडौं । काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको हत्या प्रकरणका पछाडि दाजुभाइको झगडा हुन सक्ने अनुमान गरिएको छ । सःमिलमा चारजनाको बीभत्स हत्या भएको घटनालाई लिएर प्रहरीबाट गरिएको प्रारम्भिक अनुमानअनुसार कपडा र जुत्तामा रगत लतपतिएको अवस्थामा प्रहरी कार्यालयमा पुगेका दीपेन्द्र राई नै सो घटनामा संलग्न हुन सक्छन् ।
घटनापछि दीपेन्द्र ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी कार्यालय पुगेका थिए । सःमिलमा काम गर्ने मोरङ बेलबारीका अन्दाजी २० वर्षका नवीन राईलाई दीपेन्द्रले कुटपिट गरेपछि छुट्याउने क्रममा त्यहीँ कार्यरत दोलखाका ५६ वर्षका कुमार भुजेल, उनकी पत्नी ५२ वर्षीया अम्बिका भुजेल र आमा ७६ वर्षीया सुभद्रा भुजेलले अनाहकमा ज्यान गुमाएको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि घटनाबारे अनुसन्धान जारी रहेकाले सत्यतथ्य बाहिर आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।
प्रहरीले दिएको जानकारीअनुसार नवीन राई र दीपेन्द्र राई नातामा दाजुभाइ हुन् । नवीन दीपेन्द्रका ठुला बुवा पर्नेका छोरा हुन् । नवीनका बुबाले पनि सो मिलमा लामो समय काम गरेका थिए । बुबाकै कारण नवीन त्यहाँ काम गर्न आइपुगेका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखसमेत रहेका एसएसपी सोमेन्द्रसिंह राठौरले घटनाबारे अनुसन्धान चलिरहेको बताउँदै अहिलेसम्म कुनै प्रगति नभएको जानकारी दिए । ‘हामी अनुसन्धान गरिरहेका छौं, केही आशंकित मानिसलाई ल्याएर सोधपुछ गरिरहेका छौं,’ उनले भने । प्रहरीले शनिबार दिनभरिमा करिब १०र१२ जनालाई बोलाएर सोधपुछ गरेको थियो । घटनाको अनुसन्धान गर्ने जिम्मा उपत्यका अपराध अनुसन्धान कार्यालयले पाएको छ ।
शुक्रबार दिनभर साथीहरूसँग स्नुकर खेलेका दीपेन्द्र साँझ ८ बजेतिर मिलमा रहेका दीपेन्द्रको कोठामा पुगेका थिए । ‘तीनकुनेकै एउटा स्नुकर हाउसमा दीपेन्द्रले दिनभर साथीहरूसँग स्नुकर खेलेका रहेछन्,’ प्रहरी स्रोतले भन्यो । साँझ मिलमै रहेको नवीनको कोठामा पुग्दा उनी नशाले मात्तिएको अवस्थामा थिए । त्यहीबेला उनीहरूबीच झगडा परेको र उनीहरूको झगडा छुट्याउन आउँदा भुजेल दम्पतीमाथि आक्रमण भएको हुन सक्ने प्रहरीको आशंका छ । दीपेन्द्रसँगै अरू साथीहरू पनि भएकाले प्रहरीले उनीहरूको खोजी गरिरहेको छ । यो समाचार नागरिक दैनिकमा छ ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend