Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रवि लामिछानेको जिकिर- रास्वपाबाट निर्वाचित सांसदले संसद्‍को गौरव बढाएका छन् 


    शनिबार, भाद्र ३० २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • गोरखा । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना पार्टीका सांसदले संसद्‍को गौरव बढाएको दाबी गरेका छन् ।

    आज शनिबार गोरखा सदरमुकाममा भएको सभालाई सम्बोधन गर्दै लामिछानेले वेथिति र विसंगतीविरुद्ध संसद्‍मा क्षमतावना र योग्य संसाद गर्जिरहेको बताए ।

    ‘नेपालको संसद्‍को गौरव कसैले बढाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी बनेकाहरुले बढाएका छन्, २१ जना सांसद टाउकोधारी मात्र होइनन् देशलाई माया गर्ने मान्छे हुन् । विषय विज्ञता छ, के बोल्ने के नबोल्ने थाहा छ, के भन्ने के नभन्ने थाहा छ,’ उनले भने,‘वेथिति विसंगतीविरुद्ध क्षमतावान र योग्य सांसद गर्जिरहेका छन्, यो संख्या बढाउनुपर्छ अब ।’

    यस्तै पछिल्लो समय युवाशक्ति विदेशिने क्रम बढेको भन्दै नेता लामिछानेले चिन्ता समेत व्यक्त गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार