Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेर्नुहोस् सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?


    सोमबार, भाद्र २५ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाण्डौं। आज साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज फाइन गोल्ड प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।

    साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। आइतबार फाइन गोल्ड प्रतितोला १ लाख ११ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

    आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तोलामा १० रुपैयाँले घटेर १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार