Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अब कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्छ : शेखर कोइराला


    शनिबार, भाद्र २३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले अब कांग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस चितवनको जिल्ला सम्मेलन उद्घाटन कार्यक्रममा आज उनले यस्तो बताएका हुन् ।

    उनले अहिले माओवादी केन्द्र नेतृत्वको सरकारमा ९ जना मन्त्री भए पनि त्यसको कुनै अर्थ नरहेको भन्दै उनले कांग्रेसले नै सरकारको नेतृत्व गर्नुपर्ने बताएका छन् ।

    उनले भने, ‘हामीसँग ९० सिट छ, ९ जना मन्त्री छन्, कसैलाई लागेको होला मन्त्रीले काम गरेका छन्, कसैलाई लागेको होला केही काम गरेका छैनन्, तर मलाई के लाग्छ भने संसदीय प्रणालीमा प्रधानमन्त्री बाहेक अरु मन्त्रीको कुनै रोल हुँदैन ।’

    उनले देशमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक धार्मिक, कुटनीतिक चारैतिर अराजकता फैलिरहेकोले यसलाई समयमा नै नियन्त्रण गर्न कांग्रेसको नेतृत्वको सरकार आवश्यक भएको दाबी गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार