काठमाडौं। सेयर साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ। यसदिन नेप्से परिसूचक ७.०४ अंकले बढेर १९६७.८३ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.०९ अंकले बढेर ३७७.७१ विन्दुमा अडिएको छ।
२७० कम्पनीको ३४ लाख ३२ हजार २६७ कित्ता सेयर १ अर्ब ९ करोड ९१ लाख ३९ हजार ६९७.१६ रुपैयाँमा खरिदबिक्री भयो। आज ३२ हजार ५३३ पटक सेयर कारोबार भयो।
आइतबार नेप्से परिसूचक २९.८१ अंकले घटेर १९६०.७८ विन्दुमा पुगेको थियो। सो दिन २७६ कम्पनीको ४० लाख ५३ हजार ३६८ कित्ता सेयर १ अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँमा खरिदबिक्री भएको थियो।
आज तीनवटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। थ्री स्टार हाइड्रोपावरको १० प्रतिशतल,दोल्ती पावर कम्पनीको ९.९९ र ग्रीन भेन्चर्सको ९.९५ प्रतिशतले सेयर मूल्य बढेको हो।
कारोबार रकमका आधारमा आईएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १२ को मूल्य बढ्यो भने एकको मात्रै घट्यो।
फाइनान्स इन्डेक्सबाहेक अन्य उपसमूहको सूचक बढेको हो।
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको...
काठमाडौं । सिङ्गो देश प्राकृतिक विपत्तिको मारमा परेको बेलामा खाना पकाउने एलपी ग्याँसमा सरकारले मूल्यबृद्धि गरेको छ । विगत २ महिनादेखि ग्याँस सहज आपूर्ति...
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय निरन्तर बढेर उच्च मूल्य तिर लागेको सुनको भाउ ओरालो लाग्न थालेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ हजार...
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार...
काठमाडौँ। बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले घोषणा गरेको १ करोड सहयोग आज नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend