Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल राष्ट्र बैंकले २० अर्बको ट्रेजरी बिल बिक्री गर्दै


    सोमबार, भाद्र १८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। २० अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीका लागि नेपाल राष्ट्र बैंकले बोलकबोल आह्वान गरेको छ ।

    परिपक्व अवधि सकिएका ट्रेजरी बिल पुनः बिक्रीका लागि राष्ट्र बैंकले बोलकबोल आह्वान गरेको हो । सूचनामा २० अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल भुक्तानी गर्ने उल्लेख छ ।

    जसअनुसार ५ अर्ब रुपैयाँको २८ दिने, ६ अर्ब ४ करोड ५० लाख रुपैयाँको ९१ दिने, ७० करोड रुपैयाँको १८२ दिने र २ अर्ब रुपैयाँ बराबरको ३ सय ६४ दिने ट्रेजरी बिलका लागि बोलकबोल मागिएको छ । ट्रेजरी बिलका लागि राष्ट्र बैंकले सोमबार (भदौ १८ गते) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ ।

    भोलि मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ ।

    पछिल्लो पटकको बोलकबोलमा ६.२० प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी ६.४९ प्रतिशत र सबैभन्दा कम ४.८२ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए ।

    राष्ट्र बैंकले यसअघि आन्तरिक ऋण संकलन गरेकोमध्ये परिपक्व अवधि पुगेका ट्रेजरी बिल पुनः विक्री गरिरहेको छ । सोही क्रममा सरकारले केही ट्रेजरी बिलको पैसा भुक्तानी गरेको छ भने केहीको पुनः बिक्री गरिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार