Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आज पनि सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


    सोमबार, भाद्र १८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । साताको दोस्रो कारोबार दिन आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजारभाउ तय गर्दै हिजो तोलामा १०० रुपैयाँले बढेको सुनको मूल्य आज ४०० रुपैयाँले बढेको जनाएको हो ।

    यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ कायम भएको छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ थियो ।

    सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य पनि बढेको छ । महासंघले हिजो आइतबारको तुलनामा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको जनाएको छ । यससँगै, आज चाँदीको मूल्य १४ सय ६५ रुपैयाँ छ । हिजो आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार