Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एसिया कपमा आज नेपाल र भारत खेल्दै


    सोमबार, भाद्र १८ २०८०
    3.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले भारतसँग खेल्दैछ । श्रीलंका र पाकिस्तानमा संयुक्त रुपमा जारी १६औं संस्करणको एसिया कपमा नेपालले आज विश्व क्रिकेटको हस्ती भारतसँग खेल्न लागेको हो ।

    खेल आज दिउँसो सवा ३ बजे श्रीलङ्काको क्याण्डीमा हुनेछ । समूह ए बाट पाकिस्तान ३ अंकसहित सुपर फोरमा पुगिसकेको छ । यता भारतले १ अंक जोडेको छ । भने पाकिस्तानसँग पराजित भएको नेपाल अंक विहीन छ ।

    शनिवार भारत र पाकिस्तानको खेल वर्षाका कारण रद्द भएको थियो । यसअघिको खेलमा अंक बाडेका कारण भारतलाई नेपालविरुद्धको खेल जित्ने दबाब बढेको हो ।

    सोमबार नेपालसँगको खेलमा पराजित भएमा भारतको एसिया कप यात्रा समाप्त हुनेछ । सो खेल शनिवारको जस्तै रद्द भएमा भने भारतले सुपर फोरमा स्थान बनाउने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार