काठमाडौँ। आज बुधबार सेयर बजारको परिसूचक नेप्से १९९० अंकमा ओर्लिएको छ । अघिल्लो दिनको तुलनामा नेप्से २.८ अंक घटेको हो । कुल १ अर्ब १३ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । हिजो ८६ करोड ५१ लाख रुपैयाँको मात्रै कारोबार भएको थियो ।
कुल ७९ कम्पनीको मूल्य बढ्दा १३१ को घटेको छ भने १९ को स्थिर रहृयो । बैंकिङ ०.८, विकास बैंक १.८८, फाइनान्स ४, जलविद्युत् ५, जीवन बीमा ९, उत्पादन ३६, माइक्रोफाइनान्स १५, निर्जीवन बीमा ३ र अन्य उपसमूह ६ अंक घटे । ब्यापार ३७ र होटल उपसमूह ७२ अंक बढे ।
यस्तै सिटी होटलको मूल्य सबैभन्दा धेरै ९.८ प्रतिशत बढ्यो भने मिथिला लघुवित्तको मूल्य ६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा माछापुच्छ्रे बैंक, आईएमई लाइफ, लक्ष्मी सनराइज बैंक, नबिल बैंक र नेपाल टेलिकम क्रमशः अगाडि रहे ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर...
काठमाडौँ। आज (सोमबार) सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन ८ हजार ३ सय रुपैयाँ घटेको थियो । नेपाल...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend