Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको मूल्य: तोलामै ८ सय रुपैयाँले बढेर भदौ महिनाकै उच्च विन्दुमा


    बुधबार, भाद्र १३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य भदौ महिनाकै उच्च विन्दुमा पुगेको छ ।

    अघिल्लो कारोबार दिन मंगलबारको तुलनामा आज बुधबार मूल्य बढेसँगै मूल्य भदौ महिनाकै उच्च विन्दुमा पुगेको हो।

    बुधबार सुनको मूल्य ८ सय रुपैयाँ प्रतितोला बढेर छापावाल सुन १ लाख १२ हजार ५ सय र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भयो।

    चाँदीको मूल्य पनि मंगलबारको तुलनामा बुधबार प्रतितोला २० रुपैयाँले बढेर १ हजार ४८५ रुपैयाँ पुग्यो।

    यस महिनामा सबैभन्दा बढी मूल्य मंगलबार कायम भएको थियो।

    मंगलबार सुनको मूल्य १ लाख ११ हजार ७ सय रुपैयाँ पुग्दा चाँदीको मूल्य १ हजार ४६५ रुपैयाँ थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार