Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लामिछानेको चेतवानी- कानुनले गाईगोरु काट्न वर्जित गरेको छ, मान्दिनँ भन्न पाइँदैन


    शनिबार, भाद्र ९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गाईगोरु काट्न संविधान र कानुनले वर्जित गरेका कारण कसैले पनि मान्दिनँ भन्न नपाइने टिप्पणी गरेका छन्।

    शनिबार पार्टीको काठमाडौं टोखा नगर भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले धरानमा गाईगोरु काटेर संविधान उल्लंघन गर्दै जातीय सद्भाव भड्काउन नहुने बताए।

    ‘आज जातीय सद्भाव भड्काउन पाइयो भनेर भ्रष्टाचारका काण्डहरू सामसुम हुन्छ भनेर त्यतातिर आगो झोसिरहेका छन्। त्यो आगोमा म पेट्रोल मट्टीतेल हाल्दिनँ। पानी छ भने हाल्छु। नेपालको कानुनलाई मिच्न पाइँदैन। संविधानले गाईगोरु काट्न पाइँदैन भनेर स्पष्ट भनेको छ। कानुनी रूपमा वर्जित काम गर्न पाइँदैन। कानुन मान्दिनँ भन्न पाइँदैन,’ उनले भने।

    सभापति लामिछानेले सबै जातजाति मिलेर बनाएको संविधान मान्दिनँ भन्न नहुने बताए। उनले एक अर्काबीचमा वैमनष्य खडा गरेर राजनीतिको रोटी सेक्ने काम नगर्न चेतावनी दिएका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार