Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शेखर कोइरालाले भने- धार्मिक सद्भाव भड्काउने प्रयास भइरहेको छ, प्रधानमन्त्रीको अभिव्यक्ति ठिक भएन


    शनिबार, भाद्र ९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • विराटनगर। सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा धार्मिक सद्भाव भड्काउने प्रयास भइरहेको बताएका छन् । सद्भाव बिग्रिने अवस्था बनेको भन्दै उनले धार्मिक सद्भाव कायम राख्न आवश्यक भएको स्पष्ट पारेका छन्।

    नेपाल प्रेस युनियन मोरङको पदस्थापन कार्यक्रममा शनिबार कोइरालाले भने, “संविधानमा केही कुरा लेखिएका छन् धर्मबारे पनि । सद्भाव खल्बल्याउने काम स्वीकार्य हुँदैन ।”

    सञ्चारकर्मी नै कठिन अवस्थामा पुगेको उनको बताए ।‌ पत्रकारले समीक्षक बनेर नेतालाई सचेत गराउनु पर्ने कोइरालाले बताए । विज्ञापन अभावका कारण देशभरका मिडिया संकटमा रहेको उनको भनाइ छ । सामाजिक सञ्जालको दबाबमा मिडिया रहेको उनले बताए ।

    “अब मिडिया कसरी परिवर्तन हुने भन्ने कुरा महत्वपूर्ण देखिएको छ,” उनले भने, “मिडियाकर्मी जहिले पनि स्वतन्त्र भएर काम गर्नुपर्छ । पत्रकारले समीक्षक बनेर नेतालाई सचेत गराउनु पर्छ ।”

    पत्रकारले नेता वा राजनीतिक समूहको पक्षपोषण गर्न नहुने उनको धारणा छ । “अहिले देशको राजनीति कता गएकोभन्दा पनि अफ्ठ्यारो परिस्थितिमा रहेकोमा चिन्ता लाग्छ । सामाजिक, राजनीतिक र आर्थिक अवस्था सकारात्मक देखिएको छैन,” उनले भने ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुमत दिए जातीय पहिचानको प्रदेश दिने भनेर बोल्नु कति उचित थियो भन्ने प्रश्न गर्दै कोइरालाले यसले अफ्ठ्यारो परिस्थिति आउने बताए ।

    अमेरिकी अध्ययनले नेपालमा बाह्य लगानीको प्रशस्त सम्भावना देखाएको भन्दै उनले भने, “सरकार अस्थिर र बोझिलो कर्मचारीतन्त्रलगायत कारण लगानी गर्ने मानिस हतोत्साहित हुन्छन् ।”

    नेताहरुले बोलेको कुरामा विश्वास घट्दै गएको भन्दै कोइरालाले भ्रष्टाचारमा संलग्नलाई दण्डित नगरे विश्वास नबढ्ने बताए । सुनकाण्डको छिनोफानो जनताले बुझ्ने गरी हुनुपर्ने कोइरालाको भनाइ छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार