Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको मूल्य बढ्यो, चाँदीको कति ?


    बिहिबार, भाद्र ७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै महासंघले हिजो बुधबारको तुलनामा सुन र चाँदीकै मूल्य बढेको जनाएको हो ।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । हिजो बुधबार सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको थियो ।

    मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ९५० रुपैयाँ थियो ।

    यस्तै, आज १० रुपैयाँ बढेसँगै चाँदीको मूल्य प्रतितोला १४ सय २५ रुपैयाँ पुगेको छ । हिजो बुधबार चाँदीको कारोबार प्रतितोला १४ सय १५ रुपैयाँमा भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार