Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका दुई एसएसपीलाई जिम्मेवारीबाट हटाइयो


    सोमबार, भाद्र ४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा दुई एसएसपीलाई जिम्मेवारीबाट हटाइएको छ । गृह मन्त्रालयले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा.मनोज केसी र काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको हो ।

    केसीको ठाउँमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रहेका एसएसपी सोमेन्द्रसिंह राठौरलाई पठाइएको छ भने काठमाडौं प्रहरी परिसर, टेकुमा एसएसपी भुपेन्द्र खत्रीलाई पठाइएको बताइएको छ ।

    शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी वरिष्ठ अधिकृतहरुलाई हटाउन सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबाब थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार