Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललिता निवास काण्डका बिचौलियाले रबि लामिछानेलाई यसरी फसाए


    शुक्रबार, साउन २६ २०८०
    4.9K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने ललिता निवास जग्गा प्रकरणमा मुछिएकाहरुलाई कारबाही हुनुपर्नेबारेमा संसददेखि सडकसम्म चर्को स्वरमा भाषण गर्दैआएका छन् । तर उनका विश्वासपात्र राजेन्द्र अर्याल नामका बिचौलियाको नाममै ललिता निवास बालुवाटारको १ रोपनी जग्गा रहेको छ । उनीसँगै हिंड्ने उनका अति निकट राजेन्द्र अर्यालले ललिता निवासको जग्गामा घर बनाएर बसेकोबारेमा उनी किन बोलिरहेका छैनन् ? यो प्रश्न लामिछानेतिर सोझिएको छ ।

    ललिता निवासमा मुछिएका चितवनमा रवि लामिछानेसँगै जाने आउने र बस्ने खाने गर्दछन् । अर्यालले रवि लामिछानेको चाकरी गरी आगामी २०८३ मा हुने स्थानीय निर्वाचनमा रास्वपाको तर्फबाट भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार हुने चलखेलमा लागेका छन् । उनले अहिलेदेखि नै आफू रास्वपाबाट भरतपुर महानगरको मेयरको उम्मेदवार भन्दै हिंड्ने गरेका छन् । यस्तै बिचौलियाका कारण लामिछाने समेत विवादमा तानिएका छन् । रवि लामिछानेकै निकट देखाएर उनी ललिता निवास प्रकरणमा पक्राउ हुनबाट जोगिंदैआएका छन् ।

    रवि लामिछानेका विश्वासपात्र अर्यालले हालसालै चितवनको रामनगरमा फणीन्द्र भण्डारीको सगै घरसमेत बनाएका छन् । चोरीका गाडीका नाइके र काठ तस्करीमा मुछिएका फणिन्द्र भण्डारी र राजेन्द्र अर्यालको कनेक्सन बाक्लो देखिन्छ । भण्डारीले नै अर्याललाई घर खरिदको ब्यवस्था गरिदिएका छन् ।

    कुनै बेला गोर्खा घर भएका कांगे्रस नेता चिरन्जीवी वाग्ले संचारमन्त्री हुँदा नेपाल दूरसंचार संस्थान(हाल नेपाल टेलिकम)बाट ल्याण्डलाइन टेलिफोन लिने र १ लाखदेखि डेढलाखसम्म मारवाडी ब्यापारीलाई बिक्री गर्ने काम गर्ने राजेन्द्र अर्याल पछिल्लो समय भाटभटेनीका संचालक मीनबहादुर गुरुङको कम्पनीको मार्केटिङको काम गर्ने गर्दछन् । त्रिकोण एडभर्टाजिङ कम्पनी खोलेका उनले मारवाडी ब्यापारीका सूचना मिडियालाई दिने र मिलाउनुपर्छ भन्दै दलाली समेत गर्ने गर्दछन् । विशाल ग्रुपका संचालक तथा एनआईसी एसिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाललाई ब्ल्याकमेलिङ गरेको रहस्य खोलेपछि उनलाई बैंकको संचालकबाट बर्खास्त गरिएको थियो ।

    ह्याकरले स्वीफ्ट ह्याक गरी एनआईसी एसिया बंैकको करोडौं रुपैयाँ निकालेपछि सीआईबीले अनुसन्धान गरेको थियो । स्वीफ्ट ह्याक प्रकरणमा सीआईबीका तत्कालीन डीआईजी पुस्कर कार्कीसँग मिलेर बैंकका संचालक राजेन्द्र अर्यालले करोडौं रुपैयाँ ब्ल्याकमेलिङ गरेको खुलेपछि उनलाई हटाइएको थियो ।

    जो शक्तिमा आयो उसकै पछि लाग्ने अवसरवादी चरित्रका राजेन्द्र अर्यालले रवि लामिछानेमार्फत् आफूलाई पक्राउ नगराउन पावर लगाइरहेको समाचारस्रोतले बताएको छ । अर्याललाई पक्राउ नगर्नका लागि पूर्र्वएआईजी रमेशशेखर बज्राचार्यमार्फत् सीआईबीका एआईजी किरण बज्राचार्यलाई दवाब दिइरहेका छन् । मीनबहादुर गुरुङका कम्पनीको मार्केटिङ गर्ने उनले चौधरी ग्रुपको चितवनको भरतपुरमा रहेको सीजी ल्याण्डमार्क होटल संचालन गर्ने जिम्मा पाएका छन् ।

    यसैगरी भी. नटराज र नागेन्द्र पम्पाटी संचालक रहेको भरतपुर मेडिकल कलेज(पुरानो)को कर्मचारी जस्तै भूमिकामा रहेका राजेन्द्र अर्यालकै सल्लाहमा एम्बुलेन्स संचालन गर्न खोज्दा रवि लामिछाने विवादमा परेका छन् । अर्यालले नै उक्त एम्बुलेन्स रङरोगन गरी मोबाइल क्लिनिक संचालन गर्ने ब्यवस्था मिलाएका थिए । रंग परिवर्तन गरिएको ना २ च ५६१९ नम्बरको मोबाइल क्लिनिक भ्यान भारतीय दूतावासले २०७१ सालमा दिएको थियो । विगत ५ वर्षदेखि नवीकरणसमेत नगरेको एम्बुलेन्स साउन १४ गते यातायात कार्यालय भरतपुरमा जरिवाना तिरेर पुनः दर्ताको प्रक्रियामा लगिएको थियो ।

    मोबाइल क्लिनिकका लागि चिकित्सकसहितको जनशक्ति पनि पुरानो मेडिकल कलेजले नै व्यवस्था गरिदिएको र अनुमतिविना रङ परिवर्तन गरिएको खुलेपछि लामिछानेले भ्यान अस्पताललाई नै फिर्ता गरेका थिए । राजेन्द्र अर्याललाई विश्वास गर्दा लामिछाने एम्बुलेन्सको बिषयमा विवादमा परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार