काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुलीले खाना पकाउने एलपीजी ग्याँस अभाव नभएको स्टाटस सामाजिक संजालमा लेख्छन् भने अर्कोतिर सोही पार्टीको भरतपुर महानगरको मेयरको उम्मेदवारका रुपमा चिनाउँदै हिंडेका राजेन्द्र अर्याल ग्याँस नभएर भात खान नपाएको बिलौना गरिरहेका छन् ।
कांग्रेसको आडमा लिनुसम्म लाभ लिएर आर्थिक समुन्नतिको शिखरमा पुगेका अर्याल रास्वपाबाट आगामी स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार दाबी गर्दैआएका छन् । उनले आजको मेरो छुट्टै बेदना भन्दै सामाजिक संजालमा ग्याँस नपाएर खाना खान नपाएको बिलौना गरेका छन् । उनले ग्याँस सकियो, बिद्युतीय चुल्हो(इन्डक्सन) मा पकाउन बत्ती बिहानदेखि नभएकोले खाना खान पाउँ, काम गर्न जान पाउँ भन्दै सरकारसँग बिलौना गरेका छन् ।
अर्याल लेख्छन्–‘मेरो वाइफले बिहानको खाना बनाउँदै थिइन्, ग्यास सकियो, भातमा सिठ्ठी लागेन बत्ती बिहान ७.१५ देखि छैन । अब के गर्ने १०.२३ भैसक्यो । लौ जय होस् मेरो देश !!!! मेरो सरकार काम गर्न जान बिहानको खाना खान पाउँ !’
२०४८ सालमा चिरन्जीवी वाग्ले संचार मन्त्री हुँदा टेलिफोनका लाइन मारवाडी ब्यापारीलाई लाख लाखमा बिक्री गरी नवधनाढ्य हुने मार्गमा लागेका र बिज्ञापन ब्यवसाय गरेका राजेन्द्र अर्याल पछिल्ला दिनमा रास्वपाका समर्थक बनेका हुन् ।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले ‘राज्य कहाँ छ?’भन्ने प्रश्न उठाउनेहरूलाई राज्य भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend