Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


    बिहिबार, साउन १८ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । सोमबार प्रतितोला १ लाख १२ हजार ४ सयमा किनबेच भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँमा किनबेच भईरहेको छ ।

    महासंघका अनुसार आज तेजावी सुन पनि तोलामा २ सयले घटेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ। त्यस्तैगरी आज चाँदी तोलाको मूल्यसमेत ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।

    आज प्रति १० ग्राम छापावाल सुनको मूल्य ९६ हजार १ सय ९५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मूल्य ९५ हजार ८ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय २२ रुपैयाँ कायम गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार