Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तोलामा ३०० रुपैयाँले घट्यो सुनको मूल्य


    सोमबार, साउन १५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्यमा उक्त गिरावट आएको जानकारी दिएको हो ।

    आइतबारको तुलनामा ३०० रुपैयाँले घटेपछि आज छापावाल सुनको मूल्य १ लाख १२ हजार ६०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ३५० रुपैयाँ थियो ।

    यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज तोलामा ५ रुपैयाँले घटेसँगै चाँदीको भाउ प्रतितोला १४ सय ५० रुपैयाँ कायम छ । हिजो चाँदी प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार