काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आह प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै क्विन्टलका क्विन्टल सुन भित्र्याउने काण्डमा कर्मचारीको सरुवा गरेर मात्र हुन्छ भन्दै प्रश्न गरेका छन् ।
उनले उनीहरुलाई किन निलम्बन नगरेको भन्दै भन्सार, सुरक्षा प्रमुखलगायतले पनि पदमा बस्ने नैतिकता गुमाएको बताए ।
साथै उनले क्विन्टलका क्विन्टल सुन आउनु र त्यो विषयमा सामान्य मानिस पर्नु यो अचम्म नभएको भन्दै पुरानै सेटिङको निरन्तरताको रुपमा जनताले बुझेको बताए ।
“जब यस्ता घटना आउँछ, अनि कर्मचारीको सरुवा हुन्छ । सरुवा भनेको कारबाही हो ? कारबाही गरेको कि पुरस्कार दिएको ? तुरुन्तै बर्खास्त गर्नुपर्ने हो कि सरुवा हो ?,” उनले सोधे ।
उनले यस्ता काण्डमा सामान्य मान्छे पर्दा अन्यलाई सूचना लुकाउने, मिडिया न्यारेटिभ परिवर्तन गराउन समय मिल्ने बताए ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend