Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गृहमन्त्री श्रेष्ठले भने- मेरो राजीनामा माग्नुलाई अस्वाभाविक मानेको छैन


    मंगलबार, साउन ९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारी वर्तमान सत्ता गठबन्धनभित्र पनि हुन सक्ने भन्दै त्यस्ता भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास असफल पार्ने बताएका छन् ।

    आज गोरखामा आयोजित पत्रकार भेटघाटमा मन्त्री श्रेष्ठले भ्रष्टाचार विरोधी अभियान रोक्ने प्रयास असफल बनाउने र समृद्धिको लक्ष्य हासिल गर्ने बताए ।

    त्रिभुवन विमानस्थल भन्सारबाट बाहिरिएको सुन प्रकरणलाई लिएर सत्ता गठबन्धनकै केही नेताहरुले गृहमन्त्रीको राजीनामा मागेकोबारे पत्रकारहरुले मागेको प्रतिक्रियामा मन्त्री श्रेष्ठले आफूले त्यसलाई अस्वाभाविक रुपमा नलिएको बताए ।

    उनले भने, ‘यो समाजमा त्यत्रो ठूलो समस्या छ र त हामी चाहिँ जबरजस्त भ्रष्टाचार विरोधी अनियमितता विरोधी अभियान चलाइराख्या छौं । विभिन्न ढंगबाट यो भ्रष्टाचार विरोधी अभियान रोक्न प्रयास हुनु स्वाभाविक छ, तर त्यो प्रयत्नलाई हामी असफल पार्छौं, समृद्धिको लक्ष्य हासिल गर्न यो सरकार प्रतिबद्ध छ ।’

    गठबन्धन भित्रैबाट प्रयास भएको हो ? भन्ने जिज्ञासामा उनले भने, ‘हुनसक्छ । हाम्रो पार्टी नै शुद्ध हुन्छ भन्ने छैन । नेपाली कांग्रेससहितको हाम्रो गठबन्धन शुद्ध छ ? भन्न त सकिन्न नि ? तर मूलभूत रुपमा सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा यो समीकरणको सरकार भ्रष्टाचार विरुद्ध र सुशासनको अभियान अगाडि बढाउन र समृद्धिको लक्ष्य हासिल गर्न प्रतिबद्ध छ ।’

    उनले हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिएको सुन प्रकरणको अनुसन्धान नरोकिएको बताए ।

    अनुसन्धानको क्रममा तथ्य प्रमाणको आधारमा जो संलग्न देखिए पनि कारबाहीको दायरामा ल्याउने उनले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार