Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • भ्रष्टाचारमा अनुसन्धान हुने डरले प्रचण्ड सरकार ढालिएको हो : नारायणकाजी श्रेष्ठ


    बुधबार, फाल्गुन ७ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • ताप्लेजुङ । नेकपा (माओवादी केन्द्र) का बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्तिहरू राजनीतिमा सक्रिय हुन नमिल्ने बताएका छन् ।

    प्रेस सेन्टर ताप्लेजुङले फुङलिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस विषयमा गम्भीर छलफलको आवश्यकता रहेको बताएका हुन् ।

    श्रेष्ठले पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनलाई पार्टीले अहिलेसम्म पूर्ण जिम्मेवारी नदिएको दावी समेत गरे । पुन अहिले पनि आमन्त्रित सदस्यका रूपमा मात्र रहेको र उनको राजनीतिक भविष्यबारे पार्टी कुनै निष्कर्षमा नपुगेको बताएका छन् ।

    उपाध्यक्ष श्रेष्ठले केपी शर्मा ओली नेतृत्वको सरकारलाई भ्रष्टाचारको संरक्षण र छलछामको पर्याय भएको आरोप पनि लगाए । भ्रष्टाचार अनुसन्धान हुँदा तानिने डरले नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार ढालेको उनको आरोप थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार