Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • हेर्नुहोस् यस्तो छ आज सुनचाँदीको मूल्य


    शुक्रबार, साउन ५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन बिहिबार प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १२ हजार ८ सय रुपैयाँमा किनबेच भईरहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन पनि तोलामा ६ सयले घटेर प्रतितोला १ लाख १२ हजार २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ। आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

    आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ७ सय १० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९६ हजार २ सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ६९ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार