Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?


    मंगलबार, साउन २ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तय गर्दै सुनको मूल्य सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

    यसदिन छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम छ । अघिल्लो दिन सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम थियो ।

    यस्तै, आज चाँदीको मूल्य स्थिर कायम छ । महासंघले आज हिजो सोमबारकै मूल्यमा चाँदीको कारोबार भइरहेको जानकारी दिएको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँ कायम छ । यससँगै, चाँदीको मूल्य लगातार चौथो दिनदेखि स्थिर बनेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार