Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ


    आइतबार, असार ३१ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धादिङ। प्रहरीले निलकण्ठ नगरपालिका-३ बसपार्क नजिक बस्ने डङक बहादुर ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा ढकाल समेत ७ जनालाई पक्राउ गरेको छ ।

    ढकालको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ६ सय ७० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार