काठमाडौँ । प्रहरीले देशभरबाट जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १२९ जना पक्राउ गरेको जानकारी दिएको छ ।
जसमा काठमाडौं महानगरपालिका-६ बौद्ध रामहिटी रामनगर पाटी प्यालेस नजिक बस्ने ४३ वर्षीय सूर्य भन्ने राम बहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा सुनार समेत २० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ६९ हजार ८ सय १० रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।
नुवाकोट, बिदुर नगरपालिका-५ माथिल्लो पिपलटार ठुलोगाउँ बस्ने ३० वर्षीय बिनोद कुमालको घरमा कौडा खेलिरहेको अवस्थामा बिनोद समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार ९ सय १० रूपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको हो ।
मुस्ताङ, घरपझोङ गाउँपालिका-२ मार्फास्थित फिरोज लालचनको होटल माउन्ट भिल्ला एण्ड रेष्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५० वर्षीय सुरज लालचन समेत १२ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ५२ हजार ८ सय रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।
पाँचथर, फिदिम नगरपालिका-१ बस्ने ५६ वर्षीय खेमनाथ अधिकारीको घरमा कौडा खेलिरहेको अवस्थामा अधिकारी समेत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार ५ सय ३० रूपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-४ सल्यानीबाग बस्ने सुवाष तारामी मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-४ बस्ने ४० वर्षीय पृतम शाक्य समेत १४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५४ हजार ८ सय २० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका-१५ बस्ने दान बहादुर थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१५ बस्ने ५१ वर्षीय खेम प्रसाद पाण्डे समेत ९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तम्सरियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार ४ सय ५ रूपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको हो ।
कैलाली, गौरीगंगा नगरपालिका-१ गोप्का बस्ने ४२ वर्षीय भैरब चन्दको रोयल फेम्ली रेष्टुरेन्ट एण्ड बारमा कौडा खेलिरहेको अवस्थामा चन्द समेत २० जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ९ सय ११ रूपैयाँ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ गौडी चोक बस्ने सुरेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-७ बस्ने २४ वर्षीय मुकेश चौधरी समेत ८ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मनहेराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार २ सय रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेदकोट नगरपालिका-४ बगुन बस्ने ४६ वर्षीय ईश्वर भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा भट्ट समेत २० जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार ९८ रूपैयाँ र ३ सय पत्ती तास सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ राजघाटस्थित यज्ञ बहादुर महराको मदिरा पसलमा जुवातास खेलिरहेको अवस्थामा कृष्णपुर नगरपालिका-९ राजघाट बस्ने ५० वर्षीय जियाराम चौधरी समेत १० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ हजार २ सय १० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-५ बढैयागाउँस्थित टहरोमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-४ बस्ने २५ वर्षीय राजन थापा समेत ८ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया, इलाका प्रहरी कार्यालय बाँसगढी र इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार १ सय २४ रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend