ललितपुर । गोदावरी नगरपालिका-७ देवीचौर बस्ने छिरिङ तामाङको टहरोमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय श्याम तामाङ समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टिकाभैरवबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार रूपैयाँ र १५ थान कौडा सहित पक्राउ गरेको हो ।
तनहुँ, भानु नगरपालिका-४ धोतीचौतरा बस्ने ५६ वर्षीय अक बहादुर थापाको घर पछाडि जुवातास खेलिरहेको अवस्थामा थापा समेत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ३ सय ८५ रूपैयाँ र १ सय ६० पत्ता तास सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-१ बराकुण्डा रौटेलास्थित रौटेला खोला किनारमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने २९ वर्षीय राजेन्द्र बहादुर शाह समेत १३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ७४ हजार ९८ रूपैयाँ र १४ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, बेदकोट नगरपालिका-७ सुडास्थित ३९ वर्षीय अमर सिह धामीको न्यू हाइवे वाइन्स एण्ड क्याफेमा जुवातास खेलिरहेको अवस्थामा धामी समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार २ सय ५० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
पाल्पा, रम्भा गाउँपालिका-१ असर्दीस्थित स्याङ्जा गल्याङ नगरपालिका-११ दिमिक घर भएका २८ वर्षीय सागर भट्टराईको रम्भा रिसोर्टमा कौडा खेलिरहेको अवस्थामा रम्भा गाउँपालिका-१ सगाहा बस्ने ५६ वर्षीय बल बहादुर रानाभाट समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हुँगी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार ५० रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-२० राझास्थित एभर ग्रिन पेट्रोल पम्पको भान्सा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-४ गणेशपुर बस्ने ४७ वर्षीय प्रमेन्द्र बोहोरा समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १९ हजार ३ सय ३५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend