Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यो सातामै तोलामा १९ सयले घट्यो सुनको मूल्य


    शनिबार, असार ३० २०८०
    2.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा यो साता सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा प्रतितोला १ हजार ९०० रुपैयाँले घटेको जानकारी दिएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० रुपैयाँ थियो ।

    जुन, यो साताको शुक्रवार बढेर १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य बढेर १ लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ ।

    यो साताको आइतवारदेखि नै सुनको मूल्य बढ्न थालेको थियो । आइतबार तोलामा ७०० रुपैयाँले बढेको थियो । यस्तै, सोमबार र मंगलबार स्थिर कायम भएको सुनको मूल्य बुधबार ३०० ले बढेको थियो भने बिहीवार ८०० रुपैयाँले बढेको थियो ।

    यस्तै, शुक्रबार प्रतितोला १०० रुपैयाँको वृद्धि आएको थियो । यसैगरी, यो साता चाँदीको मूल्य तोलामा १०५ रुपैयाँ बढेको छ । गत साताको शुक्रवार प्रतितोला १३ सय ७५ रुपैयाँ रहेको चाँदी यो साताको शुक्रवार १४ सय ८० रुपैयाँ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार