Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तोलामै ८०० रुपैयाँले बढ्याे सुनको मूल्य


    बिहिबार, असार २८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौ। नेपाली बजारमा आज सुनको भाउ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको जनाएको छ । यो सँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    बुधबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

    बिहीबार चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर १ हजार ४४० रुपैयाँ कायम भएको छ । बुधबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँ किनबेच भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार