Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • समाजवादी मोर्चाको बैठक बस्दै


    बुधबार, असार २७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्दै छ । आज अपराह्न ४ बजे एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्ने भएको हो ।

    बैठकमा मोर्चाले सातै प्रदेशमा गर्न लागेको कार्यक्रमको तयारी र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने नेताहरुले बताएका छन् ।

    २३ असारमा बसेको मोर्चाको पहिलो बैठकले मोर्चाको उद्देश्य र आवश्यकताबारे जानकारी गराउन सातै प्रदेशमा कार्यक्रम गर्ने निर्णय गरेको थियो । साउन पहिलो हप्तादेखि सातै प्रदेशमा मोर्चाको औचित्यबारे जानकारी गराउने गरी कार्यक्रम गर्ने तयारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार