Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेर्नुहोस् आज कतिमा हुँदै छ सुनचाँदीको कारोबार?


    मंगलबार, असार २६ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको छ । आइतबार तोलामा सातसय रूपैयाँले बढेको सुनको मूल्य सोमबार र मंगलबार स्थिर रहेको हो।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार तीन सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार र सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

    यस्तै चाँदीको मूल्य पनि आज स्थिर छ। सोमबार प्रतितोला एक हजार ३ सय ९५ रूपैयाँ मूल्य तोकिएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार पनि चाँदीको सोही मूल्य कायम थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार