Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एलओडीका सञ्चालक राजुसिंह सुवाल पक्राउ


    बिहिबार, असार २१ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ ड्रिम्स) का सञ्चालक राजु सिंह सुवाल पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरले काठमाडौंको बालुवाटारबाट उनलाई नियन्त्रणमा लिएको हो ।

    उमेर नपुगेका व्यक्ति क्लबमा प्रवेश गराएको विषयमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको ललितपुरका प्रहरीले जानकारी दिएको छ ।

    एलओडीमा छिरेकी १६ वर्षीया बालिका गत जेठ ३१ गते सानेपामा बलात्कृत भएको पाइएपछि प्रहरीले एलओडीका सञ्चालकलाई पनि कारबाहीको दायरामा ल्याएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार