Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालिका बलात्कार आरोपमा एक युवक पक्राउ


    बुधबार, असार २० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सिमकोट। बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। उक्त घटना शनिबार राति भए पनि सोमबार मात्र बालिकाका परिवारले प्रहरी कार्यालयमा उजुरी दिएका थिए।

    अदानचुली गाउँपालिका–२ स्थित आठ वर्षकी एक बालिकालाई २६ वर्षका युवकले बलात्कार गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी परेको र प्रहरीले निजलाई नियन्त्रणमा लिई जिल्लामा चलान गरेको हो। बलात्कारका आरोपी उनलाई सोधखोजका प्रहरीले हिँडाएर जिल्ला प्रहरी कार्यालयमा पुर् याएको छ।

    बलात्कार आरोपी उनलाई प्रहरीले मंगलबार बेलुका मात्र जिल्लामा ल्याएको छ। आरोपी र बालिकालाई पनि प्रहरीसँगै ल्याइएको छ। जिल्लामा बालिका आइपुगेलगत्तै प्रहरीले बालिकाको अस्पतालमा स्वास्थ्य चेकजाँच सुरु गरेको र चिकित्सकको प्रतिवेदन आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार