Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पछिल्लो २४ घण्टामा २२ सय बढी सवारी चालक कारबाहीमा


    बुधबार, असार २० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा २२ सय बढी सवारी चालक कारबाहीमा परेका छन् । ट्राफिक नियम उलङघनको आरोपमा उनीहरुलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।

    कारबाहीमा पर्नेमा मापसेमा ६९, लेन उलङघनमा १२०, रेड लाइट प्रवेशमा ७३, चर्को हर्नमा २८ जना चालक रहेका छन् । यसैगरी, नम्बर प्लेट २१, लिडारगनमा १४७ र अन्य १ हजार ७ सय ४५ गरी २ हजार २०३ सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार