Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे, कारोबार रकम कति?


    सोमबार, असार १८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से दाेहाेराे अङ्कले घटेकाे छ । हिजाे आइतबार ५३ अङ्कभन्दा धेरैले घटेको नेप्से आज २१ दशमलव ३२ अङ्कले घटेर दुई हजार ७५ दशमलव ९७ विन्दुमा झरेको छ ।

    आज होटल तथा पर्यटन र व्यापारबाहेक सबै समूहको शेयर घटेको छ । आज दुई सय ७६ वटा कम्पनीका ९४ लाख १८ हजार कित्ता शेयर चार अर्ब पाँच करोड रुपैयाँमा किनबेच भएकाे छ । सबैभन्दा धेरै हिमालयन लाइफ इन्सुरेन्सको २३ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज एक सय ७४ वटा कम्पनीको शेयर घट्दा लक्ष्मी इक्विटी फन्डकाे शेयर सबैभन्दा धेरै नौ झन्डै प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सिवाईसी नेपाल लघुवित्त, बीपीडब्ल्यू लघुवित्त र सिटी होटलको शेयर १० प्रतिशतले बढेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार