Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मजदुरलाई रसुवा भन्सारबाट चीनतर्फ जान रोकियो, अध्यागमनले दिएको पास वडाध्यक्ष उर्गेनले खोसे


    सोमबार, असार १८ २०८०
    32.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । बाहिर जिल्लाका व्यवसायी तथा मजदुरहरुलाई चीनतर्फ प्रवेशका लागि अध्यागमन कार्यालयले दिएको पास स्थानीय जनप्रतिनिधिले खोस्न थालेका छन् ।  रसुवा नाका रहेको गोसाइकुण्ड गाउँपालिकाका जनप्रतिनिधिले अध्यागमन कार्यालयको छाप र अधिकृतको हस्ताक्षर भएको प्रवेश पास खोसेर मजदुरलाई अलपत्र पारेको गुनासो छ ।

    वडा नम्वर एकका वडा अध्यक्ष उर्गेन तामाङले पास खोसेको मजदुरहरुले बताए । यद्यपि, केरुङ नाका भने वडा नम्वर दुईमा पर्दछ । झण्डै तीस जना मजदुरको पास खोसएको कारण सिन्धुपाल्चोक लगायतका जिल्लाबाट गाडी लिएर त्यहाँ पुगेका मजदुर अलपत्र परेको चालक भीमबहादुर तामाङले बताए ।

    अध्यागमन कार्यालय रसुवाको समन्वयमा रसुवाभन्दा बाहिरका मजदुरलाई चीनतर्फ जानका लागि नेपाल चीन सीमाक्षेत्रका बासिन्दाका लागि अनुमतिपत्र दिने व्यवस्था मिलाइएको छ । सो पत्र पनि जनप्रतिनिधिलेनै खोसेपछि राज्य नै नभएजस्तो अनुभव भएको एक चालकले बताए । यस बिषयमा उजुरी गरे पनि स्थानीय प्रशासनले पनि खासै सुनुवाई नगरेको तीस जना मजदुरहरु बताउँछन् ।

    विवादित वडाध्यक्ष

    वडा नम्वर एकका वडा अध्यक्ष उर्गेन चीनतर्फ जान नपाउने मध्येमा पर्दछन् । स्थानीय वासिन्दाका अनुसार अबैध सुन कारोवारमा उनको नाम प्रहरी प्रशासनसँग छ । ०७६–०७७ का प्रतिवेदन अनुसार उनले अबैध तवरले सुनको कारोवार गरेको रसुवाका तत्कालीन प्रहरी प्रमुखले जानकारी दिएका छन् । प्रहरीका अनुसार गुण्डागर्दीमा पनि संलग्न उर्गेनलाई चिनियाँ व्यवसायीले पनि खोजी गरेका छन् । चीनको सीमामा उर्गेनको फोटो देखाउँदै चीनियाँ व्यवसायीले उनलाई खोजी गरिरहेका छन् ।

    त्यसो त एक प्रहरी अधिकृतका अनुसार त्यतिबेला चिनियाँ नागरिकले नेपालतर्फ नै प्रवेश गरेर उर्गेनका बारेमा खोजबिन गरेका थिए । अबैध आर्जनकै आडमा वडाध्यक्ष बिजयी भएका उर्गेनले मजदुरलाई दुःख दिएकाबारे अध्यागमन कार्यालयमा पनि जानकारी दिएका छन् । उर्गेनले भने अध्यागमनमा पैसा खुवाएर पास लिएका कारण खोसिएको बताउँदै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार