Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नासु कुटेको आरोपमा पक्राउ परेका वकिल साधारण तारेखमा रिहा


    आइतबार, असार १७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुर जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका वकिल अमिर लामिगछाने साधारण तारेखमा रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालय ललितपुरले आइतबार उनलाई साधारण तारेखमा रिहा गरेको हो ।

    लामिछानेले तामाङमाथि गरेको कुटपिटको विरोधमा आइतबार देशभरका अदालतमा कर्मचारीहरूले दिउँसो साढे १ बजेसम्म काम रोकेका थिए। उता नेपाल बार एशोसिएनले आइतबार एक विज्ञप्ति जारी गर्दै लामिछानेलाई २४ घन्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको थियो। उनलाई रिहा नगरे सोमबार देशभरका अदालत बहस नगर्ने एशोसिएसनले चेतावनी दिएको थियो।

    गत बुधबार अपराह्न साढे ४ बजे जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङमाथि काठमाडौं(१४ का ३६ वर्षीय लामिछानेले कुटपिट गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार