बाँके । बाँकेबाट पाटेबाघको छाला र वन्यजन्तुको हड्डीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका-११ हाम्रो बजारस्थितबाट ९ फिट ५ इन्च लामो पाटेबाघको छाला र १ सय ३० वटा हड्डी गरी जम्मा ६ केजी ८ सय १८ ग्राम वन्यजन्तुको हड्डीसहित उनीहरुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा दैलेख ठाटिकाँध गाउँपालिका-४ बस्ने ३० वर्षीय सुनिल चुनारा, दैलेख भगवतीमाई गाउँपालिका-५ बस्ने ४० वर्षीय नविन कुमार कसेरा र अछाम पन्चदेवल नगरपालिका-२ बस्ने ३६ वर्षीय टोपेन्द्र शाही रहेका छन् ।
पूर्व पश्चिम राजमार्ग सडक खण्डमा बन्यजन्तुको हड्डी र पाटेबाघको छाला ओसार पसार गरिरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश अनुसन्धान प्रहरी ब्यूरो र ईलाका प्रहरी कार्यालय कोहलपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त छाला र हड्डीसहित फेला पारी पक्राउ गरेको थियो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं। धनकुटा साँगुरीगढी गाउँपालिका-७ फेदीबाट १ हजार २४० किलो ६ सय ग्राम लागुऔषध गाँजासहित ट्रक बरामद गरिएको छ । कोशी लोकमार्गमा बुधबार राति करिब ११...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend