Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिट सर्वोच्चद्वारा खारेज


    बुधबार, असार १३ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ । उनको सांसद पद खारेजीको मागदाबीसहित परेको मुद्दालाई आज संवैधानिक इजलासले खारेज गरिदिएको हो ।

    लामिछानेले अनधिकृत नागरिता त्यागेको निस्सा पेश नगरी नेपाली नागरिकताको प्रतिलिपि दिइनु गैरकानूनी भएको जिकिरसहित अधिवक्ता युवराज सफलले सर्वोच्चमा अन्तरिम आदेशको माग गरेका थिए ।

    प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासले रिट खारेज गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार