काठमाडौं । सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले नियुक्ति भएलगत्तै २०७९ जेठमा देशभरका गण, गुल्म र बीओपीले सादा पोशाकमा सशस्त्र प्रहरी नखटाउन निर्देशन दिएका थिए । तर आईजीपीको निर्देशन अटेर गर्दै गण, गुल्म र बीओपीका इन्चार्जहरुले सादा पोशाकका घुमुवा खटाउँदै भन्सारछली तस्करी गर्नेहरुबाट घुस असुल्ने गरेका छन् ।
सीमा सुरक्षा र भन्सारछली तस्करी नियन्त्रणका लागि परिचालित सशस्त्र प्रहरीका गण, गुल्म र बीओपीका इन्चार्जहरुले घुमुवा खटाएर अतिरिक्त कमाइको माध्यम बनाएको ब्यापक गुनासोपछि आईजीपी अर्यालले १ बर्षअघि उक्त निर्देशन दिएका थिए । तर त्यो निर्देशन शक्तिको आडमा गण, गुल्म र बीओपीका इन्चार्ज भएकाहरुले पालना नगरेको पाइएको छ ।
यसैक्रममा ८ नम्बर गण धनुषाका एसपी दिनेश मल्लले हवलदार श्यामसुन्दर प्रसाद यादवलाई जिल्लामा तस्करीको सेटिङमा खटाएका छन् । सशस्त्रमा १४ बर्षअघि सेवाप्रवेश गरेका श्यामसुन्दर यादव १३ बर्षदेखि धनुषाको गणका घुमुवामा कार्यरत छन् । उनको दरबन्दी पर्वत जिल्लामा छ । तर उनलाई दरबन्दीमा नपठाई एसपी मल्लले काजमा राखेर असुलीमा लगाएका छन् । यादवको काम तस्करहरुसँग हप्ता उठाएर एसपी मल्ललाई दिने हुँदैआएको छ ।
सशस्त्रका आईजीपी राजु अर्यालको निर्देशन अनुसार सबै सबै पुराना बदनाम घुमुवा लखेटिए पनि यादवलाई गणपति मल्लले राखिरहेका छन् । उनले बाहिनीको नाममा समेत तस्करहरुबाट उठाउने गरेका छन् ।

सीमाबाट तस्करी गर्ने सुरेश साह, उमेश साह, अहसान छोटे, समतुल्लाह लगायतबाट दररेट तोकेर तस्करीको लाइन दिने गरेका छन् । इनर्वा नाकादेखि धनुषाका अन्य नाकाबाट तस्करी गर्नेहरुबाट समेत उनले लाइन दिने गरेका छन् । नेपालबाट भारततर्फ ठूलो मात्रामा मदिराको तस्करी हुने गरेको छ । अलौदिन,अयूबले नेपालबाट गोरु भारततर्फ लाने गरेका छन् ।
त्यसैगरी, महोत्तरीका नेपाल प्रहरीका एसपी प्रकाश मल्लले असई राजेश यादवलाई घुमुवा राखेर अतिरिक्त कमाइको लागि परिचालन गरेका छन् । सबै विवादित घुमुवाहरुको सरुवा भए पनि उनको भएको छैन । एआईजी मिरा चौधरीले अनुगमन गरेपछि धेरै विवादित घुमुवाको सरुवा भए पनि यादवलाई भने एसपी मल्लले यथावत राखेका छन् ।
त्यसो त धनुषाका एसपी विश्वराज खड्काले सई बब्लु ठाकुरलाई घुमुवा राखेको बिषयमा आईजीपी बसन्त कुँवरको निर्देशनपछि उदयपुर सरुवा गर्न बाध्य भएका थिए । उदयपुर सरुवा भए पनि बब्लुले हरेक हप्ता धनुषामा आई तस्करदेखि क्रसरसँग सेटिङ गर्ने काम जारी राखेको स्रोतको दाबी छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend