Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बलात्कार अभियोगमा एकजना पक्राउ


    मंगलबार, असार १२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका ७ हल्दुखालबाट बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    प्रहरीले स्थानीय ४६ वर्षीय हरकसिंह महरालाई सोमबार साँझ पक्राउ गरेको हो ।

    मेडिकल सञ्चालक महराले आफ्नै मेडिकलमा उपचारका लागि आएकी स्थानीय महिलामाथि जबर्जस्ती करणी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

    पीडित महिलाले नै जिल्ला प्रहरीमा जबर्जस्ती करणीसँगै कुटपिट गरेको भन्दै जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार