धनकुटा। बुहारीको कुटपिटबाट सासुको मृत्यु भएको छ । धनकुटाको साँगुरीगढी– ४ फाक्सिबमा आफ्नै सासुलाई कुटपिट गरी हत्या गरे पछि बुहारी पक्राउ परेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार पक्राउ पर्नेमा ३२ वर्षीया विष्णुमाया लिम्बू रहेकी छिन् ।
प्रहरीका अनुसार गत आइतबार ६३ वर्षीया सासू सुकमाया लिम्बुलाई कुटपिट गरेको र उपचारको क्रममा उनको निधन भए पछि बुहारी विष्णुमायालाई पक्राउ गरिएको हो । घरायसी बिबादमा बुहारीले सासूलाई कुटपिट गरेको अनुसन्धानमा खुलेको छ । मृतकको घाँटीमा नीलडाम देखिएको प्रहरीले जनाएको छ ।
मृतकका भाइ गजेन्द्रले विष्णुमायाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिए पछि बुहारी विष्णुमायालाई पक्राउ गरिएको प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेकी विष्णुमायालाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराइ अनुसन्धान सुरु गरिएको छ ।
काठमाडौं। धनकुटा साँगुरीगढी गाउँपालिका-७ फेदीबाट १ हजार २४० किलो ६ सय ग्राम लागुऔषध गाँजासहित ट्रक बरामद गरिएको छ । कोशी लोकमार्गमा बुधबार राति करिब ११...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend